जब क्यान्सरको खबर सुनेर डराएका थिए सञ्जय दत्त, भगवानको नाम लिँदै भनेका थिए यस्तो
बलिउड फिल्म इन्डष्ट्रिका हिट एण्ड फिट नायकको सूचीमा गनिने सञ्जय दत्त पछिल्लो समय क्यान्सरको खबरले निकै चर्चामा रहे । सञ्जय दत्तले सोसल मिडियामा आफूलाई क्यान्सर भएको जानकारी प्रशंसकमाझ सेयर गरेका थिए ।
उनलाई क्यान्सर भएको खबर सुनेर उनको परिवारमात्रै होइन, उनका प्रशंसक पनि दुःखी भएका थिए । यस्तै बिहिबार विश्व क्यान्सर दिवसको मौकामा डा. जलिल पार्करले सञ्जय दत्तको क्यान्सरको विषयमा कुरा गरेका छन् । सञ्जयले आफूलाई क्यान्सर भएको थाहा पाएपछि कस्तो प्रतिक्रिया दिएका थिए भन्नेबारे ती डाक्टरले जानकारी दिएका छन् ।
विश्व क्यान्सर दिवसको मौकामा डा. जलिल पार्करले भारतीय मिडियासँगको कुराकानीमा भने, ‘सञ्जय दत्तलाई आफूलाई क्यान्सर भएको थाहा हुँदा उनले मुखबाट झट्ट एउटा वाक्य निस्केको थियो । ‘हे भगवान, मलाई नै किन ?’ भन्दै सञ्जय दत्त निकै डराएका थिए ।’
डा. जलिलले थपे, ‘सञ्जयको हिस्टोपेथोलोजी रिपोर्ट र केही ठूला डाक्टरसँग कुरा गरेपछि नै नायकले कोकिलाबेन अस्पतालमा नै किमोथेरापी गराउने निर्णय गरेका थिए । आफ्नो उपचार कहाँ गराउने भन्ने विषयमा बिरामीको अधिकार हुन्छ । यस्तै सबै निर्देशानुसार सञ्जयको उपचार जारी रह्यो र चाँडै नै उनले क्यान्सरलाई मात दिए ।’
स्मरण रहोस्, सञ्जय दत्तले आफ्नो क्यान्सर भएको खुलासा गर्दै सोसल मिडियामा ११ अगस्ट, २०२० को एउटा पोस्ट सेयर गरेका थिए । उनले लेखेका थिए,‘‘म आफ्नो स्वास्थ्योपचारका लागि एउटा सानो ब्रेक लिइरहेको छु । मेरो परिवार र साथीहरु मेरो साथमा हुनुहुन्छ र म आफ्ना शुभचिन्तकलाई धेरै चिन्ता नगर्न आग्रह गर्छु । म तपाईंको प्रेम र प्रार्थनाका कारण चाँडै ने फिर्ता हुनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण