बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब क्यान्सरको खबर सुनेर डराएका थिए सञ्जय दत्त, भगवानको नाम लिँदै भनेका थिए यस्तो

शनिबार, २४ माघ २०७७, ०९ : ५४
शनिबार, २४ माघ २०७७

बलिउड फिल्म इन्डष्ट्रिका हिट एण्ड फिट नायकको सूचीमा गनिने सञ्जय दत्त पछिल्लो समय क्यान्सरको खबरले निकै चर्चामा रहे । सञ्जय दत्तले सोसल मिडियामा आफूलाई क्यान्सर भएको जानकारी प्रशंसकमाझ सेयर गरेका थिए ।

उनलाई क्यान्सर भएको खबर सुनेर उनको परिवारमात्रै होइन, उनका प्रशंसक पनि दुःखी भएका थिए । यस्तै बिहिबार विश्व क्यान्सर दिवसको मौकामा डा. जलिल पार्करले सञ्जय दत्तको क्यान्सरको विषयमा कुरा गरेका छन् । सञ्जयले आफूलाई क्यान्सर भएको थाहा पाएपछि कस्तो प्रतिक्रिया दिएका थिए भन्नेबारे ती डाक्टरले जानकारी दिएका छन् । 

विश्व क्यान्सर दिवसको मौकामा डा. जलिल पार्करले भारतीय मिडियासँगको कुराकानीमा भने, ‘सञ्जय दत्तलाई आफूलाई क्यान्सर भएको थाहा हुँदा उनले मुखबाट झट्ट एउटा वाक्य निस्केको थियो । ‘हे भगवान, मलाई नै किन ?’ भन्दै सञ्जय दत्त निकै डराएका थिए ।’

डा. जलिलले थपे, ‘सञ्जयको हिस्टोपेथोलोजी रिपोर्ट र केही ठूला डाक्टरसँग कुरा गरेपछि नै नायकले कोकिलाबेन अस्पतालमा नै किमोथेरापी गराउने निर्णय गरेका थिए । आफ्नो उपचार कहाँ गराउने भन्ने विषयमा बिरामीको अधिकार हुन्छ । यस्तै सबै निर्देशानुसार सञ्जयको उपचार जारी रह्यो र चाँडै नै उनले क्यान्सरलाई मात दिए ।’

स्मरण रहोस्, सञ्जय दत्तले आफ्नो क्यान्सर भएको खुलासा गर्दै सोसल मिडियामा ११ अगस्ट, २०२० को एउटा पोस्ट सेयर गरेका थिए । उनले लेखेका थिए,‘‘म आफ्नो स्वास्थ्योपचारका लागि एउटा सानो ब्रेक लिइरहेको छु । मेरो परिवार र साथीहरु मेरो साथमा हुनुहुन्छ र म आफ्ना शुभचिन्तकलाई धेरै चिन्ता नगर्न आग्रह गर्छु । म तपाईंको प्रेम र प्रार्थनाका कारण चाँडै ने फिर्ता हुनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप