सैफ अली खानले लिए पितृत्व बिदाः भने, ‘आफ्नो बच्चा हुर्किरहेको देख्न नपाउनु सबैभन्दा ठूलो गल्ती’
सैफ अली खान चौथो पटक पिता बन्ने तयारीमा छन् । करिनाले यसै महिना दोस्रो सन्तानलाई जन्म दिँदैछिन् । यस्तोमा सेफले पितृत्व बिदा लिने तयारी गरेका छन् । सैफले यो बिदाको विषयमा कुरा गर्दै भनेका छन्, ‘तपाईंको घरमा नयाँ पाहुना आएको बेला कसलाई काम गर्न मनलाग्छ ? यदि तपाईं आफ्नो बच्चा हुर्किरहेको हेर्न पाउनुहुन्नँ भने यो सबैभन्दा ठूलो गल्ती हो ।’
एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा सैफले आफ्नो चौथो सन्तानको जन्म हुन लागेका बेला ब्रेक लिन लागेको बताएका छन् । सैफले भने, ‘मैले सारा जन्मिँदा पनि कामबाट ब्रेक लिएको थिएँ । म कामबाट छुट्टी लिन्छु किनभने यो असाध्यै सम्मानजनक पद हो किनभने अरु बेला त म ९ देखि ५ एक अभिनेताको रुपमा बाँच्छु । ’
उनले थपे, ‘म एक अभिनेता हुँ र मलाई मेरो काम असाध्यै मनपर्छ । मलाई आफ्नो परिवारसँग हुन, संसार घुम्न, वाइन पिउन र आफ्नो बच्चाहरुसँग समय बिताउन असाध्यै मनपर्छ ।’
करिना मान्छिन् कूलेस्ट हसबेन्डः
स्मरण रहोस्, करिनाले यसै म्यागजिनको कभरमा आएको सैफको तस्बिर सेयर गर्दै उनलाई कूलेस्ट हसबेन्ड एभर भन्दै प्रतिक्रिया पनि दिएकी छिन् । यो ब्रेक पछि उनी प्रभाससँग आदिपुरुषको सुटिङ गर्नेछन् । केही दिन अघि यो फिल्मको सेटमा आगलागी पनि भएको थियो । फिल्म सन् २०२२ को अगस्ट ११ मा रिलिज हुनेछ । फिल्ममा सैफ रावणको भूमिका निभाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण