षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटनः मन्त्री नेम्वाङ
पोखरा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको सरकारलाई षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् । सोमबार पोखराको विजयपुर खोलामा निर्माण भएको पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सो कुरा बताएका हुन् । मन्त्री नेम्वाङले ओली नेतृत्वको सरकारले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको बताए ।
उनले मुलुकको विकास र समृद्धि केपी ओली नेतृत्वमा मात्र सम्भव हुने दावी समेत गरे । मन्त्री नेम्वाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएको बताउँदै त्यसको निरन्तरताका लागि पनि आगामी निर्वाचनमा केपी ओली नेतृत्वको नेकपालाई विजयी गराउन आवश्यक रहेको बताए ।
उनले ओलीकै नेतृत्वमा देश सुरुङ मार्गमा प्रवेश गरेको बताउँदै अबको केहि समयपछि रेलको युग पनि शुरु हुने बताए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम शुरु भइसकेको र त्यसको परिणाम केहि महिनाभित्र देखिने उनको दाबी छ । मन्त्री नेम्वाङले विकासको काम तीव्र गतिमा भइरहँदा पनि आफ्नै पार्टीका केहि नेताहरुले देखि नसहेको बताए । ‘देशमा तीव्र विकास हुँदासमेत आँखा फुटेझैं विकास भएको नदेख्ने आप्mनै पार्टीका एकथरी नेताहरु थिए’ उनले भने । ओलीले गरेका राम्रो काम देख्दादेख्दै सांसद, सभा र विदेशमा समेत पुगेर केपी ओलीले कामै गरेन भनेर खेदो खने ।’
पोखरादेखि पर्यटकीय गाउँ सिक्लेस पुग्ने सडक खण्ड अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने विजयपुर खोलामा मोटरेबल पुल निर्माण गरिएको हो । ५ करोड ७५ लाख २९ हजार १ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्मपन्न भएको उक्त पुलमा २५÷२५ मिटरका २ वटा स्पान राखेर बनाइएछ । पुलको लम्बाई ५४.१७ मिटर छ । ११ मिटरको चौडाई रहेको पुलको दायाँ÷बायाँ दुबैतर्फ १.५ मिटरको फुटपाथ समेत निर्माण गरिएको छ । पुलको २ वर्षअघि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण