रुसमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आयो
एजेन्सी । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एक दिनमा कूल सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमितको सङ्ख्या भने एक हजार ७२८ रहेको पनि अधिकारीहरूले जनाएका छन् ।
यसअघि मस्कोमा मात्रै एक दिनमा दुई हजार २८ जना सङ्क्रमित भएका छन् । यस तथ्याङ्कअनुसार मस्कोमा पनि दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनभने त्योभन्दा केही धेरै ४३२ जनाको मृत्यु भएको थियो ।
कोरोनाका कारण रुसमा अहिलेसम्म कूल ७७ हजार ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण