दुई जिल्लामा एकै नाम गरेका दुई पुरुषबाट दुई किशोरी बलात्कृत
गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ १८ गते जवरजस्ती करणी गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतमप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार बलात्कार आरोपी दीपक नेपालीले उक्त दिन दोहोलीबाट आफ्नो मामा घर वामीटक्सारमा ललाईफकाई ति किशोरीलाई लेगरे बलात्कार गरेका थिए ।
उनीबिरुद्ध माघ २० बते जवरजस्ती करणीको जाहेरी परेपछि उनलाई पक्राउ गरि हिरासदमा राखिएको र अदालमा म्याद थरेर अनुसन्सान अगाडी बढाइएको डिएसपी पाण्डेले जानकारी दिए ।
त्यस्तै पाल्पाको रिब्दिकोट गाउँपालिका बस्ने २९ वर्षीय दीपक नेपालीले माघ २३ गते राति घरमा सुतिरहेकी १७ वर्षीया किशोरीलाई अचानक आई जवरजस्ती करणी गरेको पाल्पा प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । बलात्कार आरोपी नेपालीलाई पक्राउ गरि अदलातमा मुद्दा दायर गरिएको जनाइएको छ ।
गुल्मी जिल्ला अदालतका अधिबक्ता गोपाल खनालका अनुसार १८ वर्षमुनीका बालिकासँग राजीखुशी मै शाररिक सम्बन्ध राखे पनि जवरजस्ती करणीको मुद्दा लाग्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण