शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा दुःख व्यक्त

बुधबार, २८ माघ २०७७, १९ : २३
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसांसद, पार्टीको कञ्चनपुर जिल्ला कार्यसमितिका पूर्वसभापति तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको कञ्चनपुरको महेन्द्रनगरमा हृदयघातबाट आज ८५ वर्षको उमेरमा निधन भएको हो ।
 
सभापति देउवाले एक शोक वक्तव्यमार्फत जोशीको निधनको खबरले आफू निकै मर्माहत र स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेता जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले उनको निधनले काँग्रेसले एक कर्मठ नेता गुमाएको उल्लेख गरेका छन् ।

स्व.जोशी उच्च रक्तचापबाट पीडित रहेका थिए । जोशीले पार्टीको विभिन्न पदमा रहेर पार्टी सङ्घठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए । स्व.जोशी काँग्रेसको भ्रातृ संस्था नेपाल किसान सङ्घको संस्थापक सदस्य एवं पूर्वउपसभापति समेत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप