भ्यालेन्टाइन्स डेअघि आमिर खानकी छोरी इराले स्विकारिन् सम्बन्ध, प्रेमी नुपुरसँग सेयर गरिन् रोमान्टिक फोटो
आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको आफ्नो सम्बन्धलाई आधिकारिक गरेकी छिन् । इराले यसका लागि भ्यालेन्टाइन्स विक छानेकी छिन् ताकि उनले आफ्नो प्रेम उजागर गर्न सकून् । इराले आफ्नो र नुपुरका केही तस्बिर पनि सोसल मिडियमा सेयर गरेकी छिन् । जसमा यी दुईबीचको केमेस्ट्री स्पष्ट रुपमा देख्न सकिन्छ । इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो ।’
नुपुरले कमेन्टमा लेखे ‘आइ लभ यू’
इराले यो पोस्टसँग थुप्रै ह्याश ट्याग लेखेकी छिन् । जसमा उनले यो स्पष्ट पारेकी छिन् कि नुपुर उनका भ्यालेन्टाइन र ड्रीम बोय हुन् । इराको यो पोस्टमा थुप्रै सेलिब्रिटीले कमेन्ट गरेर उनीहरुको सम्बन्धलाई प्रेम दिएका छन् । नुपुर आफैंले पनि इराको पोस्टमा रेड हार्ट इमोजीसहित आई लभ यू लेखेका छन् ।
स्मरण रहोस्, नुपुर आमिर खानका फिटनेस कोच हुन् । यी दुई करिब ९ महिनादेखि प्रेम सम्बन्धमा छन् ।
इरा र नुपुर हालै आमिर खानको महाबलेश्वर फार्महाउसमा छुट्टी मनाउन गएका थिए । इराले नुपुरलाई आफ्नी आमा रिना दत्तसँग पनि भेट गराएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण