केपी ओलीको नेतृत्व अर्को पटकलाई पनि आवश्यक छः विष्णु पौडेल
ओली समूहको नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले यस पटकलाई मात्र नभई अर्को पटकलाई पनि देशलाई केपी ओलीको आवश्यकता रहेको दावी गरेका छन् ।
शनिवार बुटवलमा नेकपा ओली पक्षधरद्वारा शनिवार आयोजित जनसभालाई सम्वोधन गर्दै पौडेलले भने , ‘वशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्यूनिस्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न कुनै तागतले रोक्न सक्दैन । यो, हालको नेतृत्वका लागि मात्रै नभई वर्तमान प्रधानमन्त्री केपी ओली आवश्यकता अर्को पटकका लागि पनि देशलाई छ ।’
उनले अगाडि भने, ‘भारतीय नाकाबन्दी विरुद्ध सामना गरेर नेपालको स्वाधीनता बढाएका कारण नेतृत्वमा आउनु भएका प्रधानमन्त्री केपी ओली राष्ट्रलाई फेरि आवश्यकता परेको छ ।’
नेकपा नफुटेको र केही चोटिएर गएको उनको कथन थियो । ‘नेकपा फुटेको छैन, नेपाल कम्यूनिष्ट पार्टीका केही स्वार्थी तत्वहरु, केही षडयन्त्रकारी तत्वहरु, केही विभानजकारी तत्वहरु, नेपाली कम्यूनिष्टको अनिष्ट चाहने, त्यस खालका स्वार्थी तत्वहरु चोइटिएका हुन्’, उनले दावी गरे ।
उनले आगामी चुनाव समयमानै हुने दावी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण