रेखालाई बुहारीको रुपमा देखेर भड्किएकी थिइन् विनोद मेहराकी आमा, आशीर्वाद लिन आएकी नायिकालाई देखाएकी थिइन् चप्पल
हिन्दी फिल्ममा चकलेटी हिरोको डिमान्ड सधैं रहँदै आएको छ । विनोद मेहरा पनि यस्तै नायकमध्ये एक थिए । विनोद मेहराको जन्म १३ फेब्रुअरी सन् १९४५ मा लाहौरमा भएको थियो । उनले आफ्नो ३ दशक लामो करियरमा सयभन्दा बढी फिल्ममा काम गरे । ३० अक्टोबर सन् १९९० मा हृदयघातका कारण विनोदको निधन भयो । विनोदको मृत्यु हुँदा उनकी छोरी सोनिया दुई वर्षभन्दा पनि कम थिइन् । सन् १९८८ मा जन्मिएकी सोनिया विनोदकी तेस्री श्रीमती किरणकी छोरी हुन् । विनोदले कूल ४ विवाह गरेका थिए ।
विवाहित हुँदा पनि नायिकाको प्रेममा परेका थिए विनोद मेहराः
वास्तवमा विनोदले पहिलो विवाह आफ्नी आमाको मर्जी बिना गरेका थिए । विवाहको केही समयपछि नै विनोदलाई हल्का हृदयघात भएको थियो । ठिक भएपछि विनोद मेहरा नायिका बिन्दिया गोस्वामीसँग प्रेममा परे । बिन्दिया गोस्वामी विनोद मेहराभन्दा १६ वर्ष कान्छी छिन् । केही महिनाको अफेयरपछि दुबैले विवाह गरेका थिए । तर यो सम्बन्ध चार वर्षसम्म मात्रै टिक्यो र उनीहरु अलग्गिए । विनोदसँग अलग्गिएपछि बिन्दियाले फिल्म निर्देशक जेपी दत्तासँग विवाह गरिन् । अर्कोतर्फ बिन्दियासँग सम्बन्ध टुटेपछि विनोदले किरणसँग विवाह गरे । किरणबाट उनकी छोरी सोनिया र छोरा रोहन छन् ।
रेखासँग पनि गरेका थिए गोप्य विवाहः
यासिर उस्मानको किताब ‘रेखाः एन अनटोल्ड स्टोरी’ का अनुसार विनोद मेहराले रेखासँग पनि विवाह गरेका थिए । किताबका अनुसार कोलकातामा विवाह गरेर रेखा जब विनोद मेहराको घरमा आइन् तब विनोदकी आमा कमला मेहराले रिसले चप्पल खोलेर देखाएकी थिइन् । रेखाले उनको खुट्टा छुन खोज्दा उनले रेखालाई धकेलेर टाढा हटाएकी थिइन् । रेखा घरको ढोकामा उभिएकी थिइन
र उनकी सासूले उनलाई गाली गरिरहेकी थिइन् । यद्यपि, पछि विनोदले आमालाई कसै गरी सम्झाए । पछि विनोद मेहराले रेखालाई आफ्नै घर फर्कन र केही समयका लागि त्यतै बस्न भने । तर पछि यो विवाह पनि टुट्यो ।
हजुरबुवा–हजुरआमाको घरमा भयो विनोद मेहराका सन्तानको लालनपालनः
४५ वर्षको उमेरमा विनोद मेहराको मृत्यु भएपछि उनकी श्रीमती किरण बच्चासँगै केन्यामा सिफ्ट भएकी थिइन् । छोरी सोनियाको लालनपालन उनका हजुरबुवा–हजुरआमाको घरमा नै भयो । केन्या र लण्डनमा पढेकी सोनियाले ८ वर्षको उमेरमा अभिनयको तालिम लिन सुरु गरेकी थिइन् । यतिबेला लण्डन एकेडेमी अफ म्युजिक एण्ड ड्रामेटिक आर्ट्सको परीक्षामा उनले स्वर्ण पदक पनि पाएकी थिइन् । १७ वर्षको उमेरमा सोनिया मुम्बई आइन् र अनुपम खेरको इन्स्टिच्यूट एक्टर प्रिपेयर्सबाट ३ महिनाको कोर्स गरिन् । नायिका हुनुका साथै सोनिया तालिमप्राप्त डान्सर पनि हुन् ।
सोनियाले सन् २००७ मा निर्देशक अनन्त महादेवनको फिल्म ‘विक्टोरिया नं २०३’ बाट बलिउडमा डेब्यू गरिन् । यो सन् १९७२ को सुपरहिट फिल्मको रिमेक थियो । नयाँ ‘विक्टोरिया नं. २०३’ मा सोनियाबाहेक अनुपम खेर, ओम पुरी, जिमी शेरगिल र जोनी लिभर पनि महत्वपूर्ण भूमिकामा थिए । सोनियाले हालसम्म ४ वटा फिल्ममा अभिनय गरेकी छिन् । उनलाई अन्तिम पटक फिल्म ‘रागिनी एमएमएस टु’ मा देखिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण