भ्यालेन्टाइन्स डेमा श्वेताले आदित्यलाई भनिन्, ‘जाउ पैसा कमाएर ल्याउ’
भ्यालेन्टाइन्स डेमा संसारभरीका जोडीले यो दिनलाई आ–आफ्नो तरिकाले मनाइरहेका छन् । नव विवाहित जोडी आदित्य नारायण र उनकी श्रीमती श्वेता अग्रवाल पनि विवाहपछि आफ्नो पहिलो भ्यालेन्टाइन्स विकलाई विशेष तरिकाले मनाइरहेका छन् । हालै किस डेको मौकामा श्रीमतीलाई चुम्बन गरेको तस्बिर पनि आदित्यले सेयर गरेका थिए ।
उनीहरुको यो तस्बिर सोसल मिडियामा अत्यधिक भाइरल भयो । स्मरण रहोस्, यी दुईले डिसेम्बर १ २०२० मा विवाह गरेका थिए । दुबैले लगभग १० वर्षसम्म एक अर्कालाई डेट गरेपछि यो निर्णय लिए । श्वेता र आदित्यको पहिलो भेट फिल्म शापितको सेटमा भएको थियो ।
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा श्वेताले भनिन्, ‘हामी हरेक दिन एक अर्कालाई प्रेम गर्छौं । यदि तपाईं एक दिनका लागि मात्रै प्रेम गर्नुहुन्छ भने यो गलत हो । तपाईंले हरेक दिन राम्रोसँग मनाउनुपर्छ । थुप्रै वर्षसम्म, हामी भ्यालेन्टाइन्स डे मा बाहिर जान्थ्यौं, अन्य जोडी झैं यसलाई मनायौं तर यो वर्ष हाम्रो लागि विशेष छ ।’
यसमा आदित्य नारायणले थपे, ‘म यो दिनलाई अर्को एउटा दिनको रुपमा हेर्छु र यस्तो सोच्छु कि मैले सँगै बिताउनका लागि थप अर्को दिन पाएँ ।’
उनले थपे, ‘हरेक सम्बन्ध झैं हाम्रो सम्बन्धमा पनि थुप्रै उतारचढाव आयोे, विशेषगरी सुरुवाती वर्षमा किनभने त्यतिबेला हामी सँगै हुर्किरहेका थियौं । म नीजि जीवनका साथै आफ्नो काममा पनि व्यस्त थिएँ ।’
‘यो सबै श्वेताका लागि वास्तवमा नै मुश्किल हुन सक्थ्यो । तर उनी सधैं मसँग बलियो रुपमा खडा भइन् । हामी एक अर्कालाई असाध्यै सहयोग गर्छौं र सधैं एक अर्काका लागि साथ रहन्छौं ।’
श्वेताका अनुसार उनीहरुको सुरुवाती भेटमा एकअर्कासँग नितान्त फरक थिए र त्यसैले नजिकिन थोरै समय लाग्यो । उनले र आदित्यले यो समयमा धेरै कुरा सिकेको श्वेता स्विकार्छिन् ।
श्वेताका अनुसार यो भ्यालेन्टाइन्स डेमा आदित्य निकै व्यस्त छन् । उनका अनुसार उनले आदित्यलाई भनिन्, ‘जाउ पैसा कमाएर आउ, त्यसपछि हामी दुबै कतै जान सकौं ।’
आदित्यका अनुसार उनीहरु अर्को महिना बिदा मनाउन जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण