आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अभिषेक बच्चनसँग लामो समयपछि बाहिर निस्किइन् ऐश्वर्या राय, छोरीका कारण पुनः भइन् ट्रोल

बुधबार, ०५ फागुन २०७७, १७ : ११
बुधबार, ०५ फागुन २०७७

ऐश्वर्या राय आफ्नी छोरीप्रति निकै रक्षात्मक छिन् । यसका लागि उनलाई थुप्रै पटक ट्रोल पनि गरिएको छ । हालै उनी एयरपोर्टमा आफ्नी छोरी र अभिषेक बच्चनसँग देखिइन् । ऐश्वर्याले आराध्याको हात समातेकी थिइन् । उनको तस्बिर सोसल मिडियामा आए बित्तिकै उनलाई थुप्रै पटक ट्रोल गरिएको छ । यस्तै कतिले उनको तारिफ पनि गरेका छन् ।

अभिषेक, ऐश्वर्या र आराध्यासँगै देखिएः

ऐश्वर्या राय, अभिषेक बच्चन छोरी आराध्यासँग मंगलबार एयरपोर्टमा देखिए । कोरोना कालमा लामो समयपछि तीनजनालाई सँगै दैखिएको हो । तीनैजनाले कोभिडको सुरक्षाका लागि मास्क लगाएका थिए । ऐश्वर्याले छोरीको हात समातिरहेको देखिएको थियो । अभिषेक उनीहरुका पछाडि हिँडिरहेका थिए । सोसल मिडियामा तस्बिर सार्वजनिक भएलगत्तै ऐश्वर्यालाई ट्रोल गरिएको छ । कतिले ऐश्वर्याको तारिफ पनि गरेका छन् ।

कतिले गरे ट्रोल त कति समर्थनमा आएः

एक प्रयोगकर्ताले लेखे, ‘ओभर प्रोटेक्टिभ, पापालाई पनि हात समात्न देऊ, तिम्रो मात्रै होइन । ’

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘राम्रो हो नि आफैंले छोरीलाई हुर्काइरहेकी छिन्, कुनै न्यानीलाई जिम्मा त दिएकी छैनन् नि ।’

यस्तै, एक प्रयोगकर्ताको कमेन्ट छ, ‘ऐश्वर्याकी आमा त आजसम्म सार्वजनिक रुपमा उनको हात समात्छिन् ।’

ऐश्वर्या र अभिषेक आराध्या कोरोनाद्वारा संक्रमित भइसकेका छन् । लामो समयपछि ऐश्वर्या र अभिषेकलाई सार्वजनिक स्थानमा देखेर प्रशंसक खुसी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप