पार्टी छाडेर जानेसँग आउँदो निर्वाचनमा बदला लिन्छौं : मुख्यमन्त्री पोखरेल
घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने चेतावनी दिएका छन् ।
बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेकपाकै प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।
दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।
उनले त्यस्ता अनुशासनहीन प्रतिनिधिलाई आगामी चुनावमा जनताले पराजित गर्ने दावीसमेत गरे ।
काँग्रेसले प्रदेशको राजधानी बुटवल तोकेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो पहलमा दाङलाई स्थायी राजधानी बनाइएको जिकिर गरे । काँग्रेसले विगतमा जिम्मेवारी लिएर पनि काम गर्न नसकेको तर, नेकपाको नेतृत्वमा सरकार बनेपछि असाधारण काम भएको उनको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण