जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
एजेन्सी । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ ।
अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी टोकियोमा रहेको राष्ट्रिय अस्पताल टोकियो मेडिकल सेन्टरमा खोप लगाउने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा झण्डै ४० हजार स्वास्थ्यकर्मीले खोप लगाउन पाउने अधिकारीहरुको अनुमान छ । पहिलो दिन बुधबार मात्रै झण्डै ८०० स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । टोकियो मेडिकल सेन्टरका प्रमुख कजुहिरो अराकीले सबैभन्दा पहिलो खोप लगाएका थिए । उनले खोप लगाएपछि कसै कसैलाई सामान्य सहायक असर देखिए पनि नकारात्मक असर भने नपर्ने दाबी गरे ।
खोप अभियानमा सबै सक्रिय सहभागी हुने र कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सकिने उनको विश्वास थियो । प्रधानमन्त्री योशिहिडे सुगाले पनि अहिले प्रारम्भिक चरणका लागि मात्रै खोप ल्याइएको र सबैलाई पुग्नेगरी ल्याउने गृहकार्य भइरहेको जानकारी दिए ।
जापानको स्वास्थ्य मन्त्रालयले १६ वा सोभन्दा बढी उमेरका व्यक्तिलाई यो खोप लगाउन अनुमति दिने निर्णय गत आइतबार मात्रै गरेको हो । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमा पर्ने जापानमा अन्य प्रभावशाली र विकसित मुलुकको तुलनामा धेरै ढिला खोप अभियान शुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण