गोबिन्दाले गराएका थिए साजिद र दिव्या भारतीको पहिलो भेट, विवाहको ११ महिनामै नायिकाको भएको थियो मृत्यु
बलिउडका चर्चित फिल्म निर्माता साजिद नाडियाडवाला ५४ वर्ष पुगेका छन् । फिल्मी करियरभन्दा बढी उनी आफ्नो नीजि जीवनका लागि चर्चामा रहे । उनको विवाह दिव्या भारतीसँग भएको थियो । विवाह गरेको ११ महिनामै दिव्याको मृत्यु भएको थियो । श्रीमतीको मृत्युपछि एक अन्तरवार्तामा साजिदले दिव्यासँग निकै हतारोमा विवाह गर्ने निर्णय लिएको बताएका थिए ।
गोबिन्दाले गराएका थिए साजिदसँग भेटः
१६ वर्षको उमेरमा साजिद नाडियाडवालासँग दिव्या भारतीको पहिलो भेट भएको थियो । सन् १९९० मा जब फिल्मसिटीमा गोबिन्दा र दिव्या फिल्म ‘शोला र शबनम’ को सुटिङ गरिरहेका थिए । त्यतिबेला साजिद आफ्नो साथीलाई भेट्न सेटमा गएका थिए । गोबिन्दाले नै पहिलो पटक दुबैलाई भेटाइदिएका थिए ।
एक अन्तरवार्तामा साजिदले भनेका थिए, ‘१५ जनवरी सन् १९९२ मा दिव्याले विवाह गर्ने माग गरिन् । त्यसको भोलिपल्ट नै उनी आफ्नो नाम अन्य को–स्टारसँग लिंक गरेको भन्दै उनी निकै चिन्तित थिइन् । यी सबै अफवाहको तगडा जवाफ दिनका लागि पनि उनी विवाह गर्न चाहन्थिन् ।’
धर्म फेरेर गोप्य रुपमा भयो विवाहः
२० मे, १९२२ मा हेयर ड्रेसर सन्ध्या र उनका श्रीमानको उपस्थितीमा दिव्या–साजिदको विवाह भएको थियो । विवाह पश्चात् दिव्याले इस्लाम धर्म अँगालिन् र आफ्नो नाम फेरेर सना राखिन् ।
साजिदले एक अन्तरवार्तामा बताएका थिए, ‘हामीले विवाहको कुरा लुकायौं किनभने दिव्याको करियर दाउमा लागेको थियो । यो कुरा सार्वजनिक होला भनेर निर्माता डराउँथे । तर म भने यो कुरा सबैलाई भन्नुपर्छ भन्थेँ । दिव्या सधैं आफ्नो विवाहको कुरा सबैलाई बताउन चाहन्थिन् । तर निर्माताको कुरा सुनेर म उनलाई यसो नगर्न भन्थेँ तर अहिले आएर यस्तो लाग्छ कि हामीले यस्तो गर्नु हुँदैनथ्यो ।’
१९ वर्षको उमेरमा भएको थियो मृत्युः
उनको मृत्युको कारणमाथि सधैं विवाद रहँदै आएको छ । सन् १९९० मा रिलिज भएको तेलुगु फिल्म ‘बोबली राजा’ बाट डेब्यू गर्ने दिव्याले सन् १९९२ मा बलिउड फिल्म ‘विश्वात्मा’ मा काम गरिन् । यो फिल्ममा दिव्यामाथि छायांकन गरिएको गीत ‘सात समन्दर पार’ बोलको गीत आज पनि धेरैको मुखमा झुण्डिन्छ । यसबाहेक उनले १४ वटा फिल्ममा काम गरिन् जसमा धेरैजसो हिट नै भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण