विश्व हिन्दु महासंघ नेपालले हिन्दु राष्ट्रका लागि अभियान चलाउने
बुटवल । विश्व हिन्दु महासंघ महासंघले नेपाललाइ हिन्दुराष्ट्र बनाउने अभियान स्वरुप रामनवमीको दिनदेखि मेची महाकाली जागरण अभियान चलाउने भएको छ । रुपन्देहीको बुटवलमा फागुन ४ र ५ दुइदिन चलेको केन्द्रीय कार्यकारिणी तथा जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले ७ बुँदे मुक्तिनाथ घोषणापत्र जारी गर्दे यस्तो निर्णय गरेको जनाएको छ ।
त्यस्तै बैठकले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देश भित्र तथा बाहिरका ओमकार परिवार तथा धार्मिक संघसंस्थासंग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
महासंघले श्रीमद भागवद्गीतालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गराउन सरकारलाई दबाब दिने, संस्कृत विषयलाई आगामी शैक्षिक शत्रदेखि विद्यालयको पाठ्यक्रममा अनिवार्य विषयको रुपमा समावेश गर्न माग गर्ने निर्णय समेत गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा.रामचन्द्र अधिकारीले बताए ।
हिन्दु धर्म संस्कारलाई प्रत्येक नेपालीको घर समाजमा पुर्याउन प्रचारप्रसार एवं घरदैलो अभियान सञ्चालन गर्ने, नयां सन्तानको नामाकरण हिन्दुत्व झल्किने गरि गरिदिन समस्त नेपालीहरुलाई अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए ।
महासंघले आगामी राष्ट्रिय जनगणनामा हिन्दु धर्मावलम्बीहरुको तथ्यांक तोडमोड हुन सक्ने तर्फ सचेत रहन सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको केन्द्रीय बरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्रीले बताए ।
सो अबसरमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकर खराल,केन्द्रीय सदस्य पुनाराम पोखरेल,केन्द्रीय सदस्य डिल्लीराज शर्मा आचार्य, विश्वहिन्दु महासंघ नेपाल रुपन्देही अध्यक्ष महेश्वर श्रेष्ठ,महासंघको युवा जिल्ला संंयोजक शिब मल्ल लगायतले बोलेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण