तीन खानका कारण बर्बाद भएको थियो यी मिस इन्डियाको करियर, बी ग्रेड फिल्ममा पनि गरिन् काम
सन् १९८५ मा मिस इन्डियाको उपाधि जितेकी सानू वालिया आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सोनूको जन्म १९ फेब्रुअरी सन् १९६४ मा दिल्लीमा पञ्जाबी परिवारमा भएको थियो । आज उनको जन्मदिनको मौकामा हामी तपाईंलाई उनको जीवनका केही किस्साबारे जानकारी दिँदैछौं ।
सोनूले फिल्म खून भरी मांगबाट बलिउडमा डेब्यू गरेकी थिइन् । सोनू त्यो समयमा बोल्ड नायिकाको सूचीमा समावेश थिइन् । सन् १९८८ मा रिलिज भएको फिल्म आकर्षणमा सोनू वालियाले निकै बोल्ड सीन दिइन् ।
सोनूले आफ्नो पढाई पूरा गरेपछि मोडलिङको बाटो रोजिन् । जुन सही निर्णय साबित भयो किनभने यहाँ उनले चाँडै नै सफलता पाउन पनि सुरु गरिन् । मोडलिङमा सफल करियर बनाएपछि उनले मिस इन्डिया प्रतिस्पर्धामा भाग लिइन् र सन् १९८५ मा मिस इन्डियाको ताज आफ्नो पोल्टोमा पार्न सफल भइन् ।
मिस इन्डियाको उपाधि जितेपछि सोनू वालियाका लागि बलिउडको बाटो पनि खुल्यो । सोनू वालियाले सन् १९८८ मा रिलिज भएको फिल्म ‘खून भरी मांग’ मा काम गरिन् । यो फिल्ममा रेखाले मुख्य भूमिका अपनाएकी थिइन् तर सोनूलाई पनि यो फिल्मले पहिचान दिलायो र उनलाई बेस्ट सपोर्टिङ नायिकाको फिल्मफेयर अवार्ड पनि प्रदान गरियो ।
सन् १९८८ मा रिलिज भएको फिल्म आकर्षणमा सोनू वालियाले निकै बोल्ड सीन दिइन् । झरनाको किनारामा जब उनीमाथि एउटा हट सीन छायांकन गरियो तब तहल्का मच्चियो । त्यो समयमा पर्दामा बोल्ड सीन गर्न सहज थिएन । सोनूले एक अन्तरवार्तामा आफ्नो हाइटका कराण फिल्ममा काम पाउन मुश्किल भएको उनले बताइन् । बलिउडबाट बाहिरिनुपरेको दोष उनले तीन खानलाई दिएकी थिइन् । उनका अनुसार यी तीन खानका कारण उनले काम नै पाउँदिनथिन् । सोनूको उचाई पाँच फिट ८ इन्च थियो । यो तीनजना खानको उचाईभन्दा निकै धेरै थियो ।
सोनू वालियाले दिल आशना है, खेल, स्वर्ग जैसा घर, आरक्षण, अपना देश पराए लोग, तूफान र तहल्का जस्ता फिल्ममा काम गरिन् तर फिल्ममा उनले खासै सफलता भने पाइनन् तत्पश्चात् उनले बी ग्रेड फिल्ममा काम गर्न सुरु गरिन् ।
पछि उनले यो क्षेत्रलाई पूर्ण रुपमा छोडेर विवाह गर्ने सोच बनाइन् । उनले एनआरआई सूर्य प्रकाशसँग विवाह गरेर घर बसाइन् । सूर्य प्रकाशको निधनपछि उनले दोस्रो विवाह एनआरआई फिल्म निर्माता प्रताप सिंहसँग गरिन् । अब उनी अमेरिकामा बस्छिन् र उनकी एक छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण