ज्याकलिन फर्नान्डिस हरेक महिना प्रियंका चोपडालाई दिन्छिन् ६.७८ लाख भारु, थाहा छ किन ?
ज्याकलिन फर्नान्डिस हाल जुन घरमा बसिरहेकी छिन्, यसको भाडा चर्चाको विषय बनेको छ । यो घर अरु कसैको नभई बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको हो । वर्क कमिटमेन्टका कारण उनी अक्टोबर सन् २०२० मा प्रियंका चोपडाको एक अपार्टमेन्टमा सिफ्ट भएकी थिइन्, यसका लागि उनले भाडास्वरुपव मोटो रकम तिरिरहेकी छिन् ।
खबरका अनुसार यो अपार्टमेन्टलाई उनले ३ वर्षका लागि भाडामा लिएकी छिन् । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ज्याकलिन यो अपार्टमेन्टका लागि हरेक महिना प्रियंकालाई ६.७८ लाख भारु भाडास्वरुप दिने गर्छिन् । प्रियंकाको यो अपार्टमेन्ट जुहूको एक निकै राम्रो स्थानमा छ र यहाँ पाउने विशेष सुविधाका कारण यो अपार्टमेन्टको भाडा यति महँगो छ ।
रिपोर्टका अनुसार ज्याकलिन जुहूको कर्मयोग सीएचएस भवनको चौथो र पाँचौ तलामा बस्छिन् र त्यहाँ उनी ३ अक्टोबर २०२० मा सिफ्ट भएकी हुन् । ज्याकलिन तीन वर्षमा प्रियंकालाई २ करोड ४४ लाख ८ हजार भारु भाडास्वरुप दिनेछिन् ।
कामको कुरा गर्ने हो भने ज्याकलिन आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को सुटिङमा व्यस्त छिन् । यसका साथै उनी फिल्म सर्कसको सुटिङ पनि गरिरहेकी छिन् । आजकाल उनी आफ्नो फिल्म भूत पुलिस र सर्कसका लागि विशेष चर्चामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण