छोरा तैमुरसँग टहल्न निस्किइन् करिना, चाँडै हुँदैछिन् सुत्केरी
बलिउड नायिका करिना कपुर खान आफ्नो गर्भावस्थाको अन्तिम चरणमा छिन् । यस्तोमा नायिकाले आफ्नो ख्याल राख्नुका साथै हिँड्ने, डुल्ने काम पनि गरिरहेकी छिन् । शुक्रबार करिना कपुरलाई मुम्बईको बान्द्रामा देखियो ।
यहाँ करिना कपुर आफ्ना छोरा तैमुर अली खान र कर्मचारीसँग देखिइन् । करिनाले यो मौकामा खैरो रङको पोल्का डट ड्रेस लगाएकी थिइन् । यस्तै छोरा तैमुर निलो रङको पाइन्ट र टिसर्टमा देखिएका थिए ।
करिना कपुर खानमाथि आइतबारदेखि नै मिडियाको नजर टिकेको थियो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार करिना फेब्रुअरी १५ मा आफ्नो बच्चालाई जन्म दिने तयारीमा छिन् ।
करिना कपुर खानले दोस्रो सन्तानको जन्म अघि नै विभिन्न उपहार पाउन सुरु गरिसकेकी छिन् । उनले हालै यससँग सम्बन्धित फोटो पनि सोसल मिडियामा सेयर गरेकी थिइन् । फूलदेखि बच्चाका लागि सुन्दर खेलौनासम्म करिनालाई धेरै कुरा उपहारमा दिइसकिएको छ ।
करिना खानले हालै आफ्नो अन्तरवार्तामा आफू दोस्रो सन्तानको आगमनका लागि पूर्ण रुपमा तयार भएको बताएकी थिइन् । उनले आफू पहिलेको जस्तो नडराएको र निकै खुसी भएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण