बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमजीवी ऐन लागू गर्न सरकार तयार छः सञ्चारमन्त्री गुरुङ

शुक्रबार, ०७ फागुन २०७७, १९ : ३२
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय समाचार समितिको हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार श्रमजीवी ऐन लागू गर्न तयार रहेको बताएका हुन् । उनले पत्रकार महासंघले श्रमजीवी ऐन लागू गराउनको निम्ति आन्दोलन गरे सरकारको साथ रहने पनि बताए । पत्रकारहरुले सञ्चार गृहले गरेको अन्याय र शोषणको आक्रोश सरकारलाई व्यक्त गर्ने गरेको उनको भनाई छ ।

मन्त्री गुरुङले ब्रेकिङ न्यूजको होडबाजीले आमसञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रप्रति मानिसहरुको विश्वसनियता घट्ने गरेको पनि बताए । राससले सबै कुरा नकारात्मक देख्ने, अविश्वास देख्ने, आशंका देखाउने खालको पत्रकारिकता गर्न नहुनेतर्फ सचेत गराए । राससको संरचनागत कुरालाई पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप