श्रमजीवी ऐन लागू गर्न सरकार तयार छः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय समाचार समितिको हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार श्रमजीवी ऐन लागू गर्न तयार रहेको बताएका हुन् । उनले पत्रकार महासंघले श्रमजीवी ऐन लागू गराउनको निम्ति आन्दोलन गरे सरकारको साथ रहने पनि बताए । पत्रकारहरुले सञ्चार गृहले गरेको अन्याय र शोषणको आक्रोश सरकारलाई व्यक्त गर्ने गरेको उनको भनाई छ ।
मन्त्री गुरुङले ब्रेकिङ न्यूजको होडबाजीले आमसञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रप्रति मानिसहरुको विश्वसनियता घट्ने गरेको पनि बताए । राससले सबै कुरा नकारात्मक देख्ने, अविश्वास देख्ने, आशंका देखाउने खालको पत्रकारिकता गर्न नहुनेतर्फ सचेत गराए । राससको संरचनागत कुरालाई पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण