सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

शनिबार, ०८ फागुन २०७७, १९ : १५
शनिबार, ०८ फागुन २०७७

पाल्पाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमाथिबाट खसेको ढिस्कोले पुरिएर आज दुई जनाको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला कै १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया मायादेवी सिंह रहेका छन् । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको प्रहरीको भनाई छ ।

पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । उक्त घटनावारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप