प्रधानमन्त्रीले सडकमा उखान तुक्का भन्दै हिँडेकोमा प्रदेशमन्त्रीको व्यङ्ग्य
गुल्मी । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उखान तुक्का भन्दै हिँडेकोमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले व्यङ्ग्य गरेका छन् । जनता रोग र शोकले छट्पटाइरहेका बेला प्रधानमन्त्री ओलीले सडकमा उखान तुक्का भनेर सीमित कार्यकर्ताको ताली बटुल्ने काम गरेको उनले बताए ।
शनिबार गृहजिल्ला गुल्मीमा नेकपाको प्रचण्ड–माधव पक्षका युवा संगठन र विद्यार्थी संगठनको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले मन्दिर दर्शन गर्दै हिँड्न थालेकोमा समेत प्रधानमन्त्रीलाई व्यङ्ग्य गरे । ‘उहाँँ (प्रधानमन्त्री) समक्ष कोही पुग्नु भयो भने भनिदिनु होला, पशुपतिनाथ भन्दा हाम्रो गाउँमा झन् ठुला देवता छन्– दिब्रुङ्ग देउराली । भाकल लिएर जानुस्, उहाँको सब मनोकामना पूरा हुनेछन् ।’
मन्त्री बरालले निर्वाचनमा समृद्धिको चास्नी देखाएर अराजकता निम्त्याउनु निकै दुर्भाग्यपूर्ण भएको बताए । पछिल्लो समय प्रधानमन्त्री ओलीले निर्वाचन आगोगलाई समेत कामै गरेन भनेर हप्काउँदै हिँडेको उनको आरोप थियो ।
उनले भने, ‘उहाँलाई लागेको होला, हप्काएपछि सुर्यचिह्न मेरै हुन्छ र महेश बस्नेतलाई लगाए भईहाल्छ तर निर्वाचन आयोगले ऐन कानुन सबै हेरेर, बुझेर काम गर्नु पर्दैन र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण