ओली प्रवृत्तिका विरुद्ध नेपाली जनताको जित छिट्टै हुँदैछ : गोकर्ण बिष्ट
पूर्वमन्त्री तथा नेकपाको प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंशुक प्रवृत्तिको हार र नेपाली जनताको जित छिट्टै हुने दावी गरेका छन् ।
शनिबार गृहजिल्ला गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्ष निकट युवा र विद्यार्थी संगठनको प्रशिक्षण कार्यक्रममा बिष्टले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधाननै धरापमा पारेका प्रधानमन्त्री ओलीले सोचेजस्तो प्रतिगन हुन नेपाली जनताले किमार्थ नदिने दावी गरे ।
‘कम्युनिष्ट आन्दोलन थप सशक्त पारिन्छ,’ उनले भने, ‘नेपाली युवाले ओलीको प्रतिगमन कदापी स्वीकार गर्दैनन् ।’ युवाहरुलाई निर्देशन दिँदै बिष्टले भने– गाउँ गाउँबाट यसरी नै युवाहरुलाई उठाउनुस्, नेपाली जनताको त्याग र वलिदानीबाट ल्याएको संविधान हामी सबै मिलेर बचाऔं ।
प्रतिगमन र प्रतिगामीका विरुद्धको आन्दोलनमा पाकाहरुले थकाइ मारे भने पनि युवा नेतृत्वले पार्टीको झण्डा हातमा बोकेर आन्दोलनको अगुवाई गर्नुपर्ने बिष्टले बताए ।
प्रधानमन्त्री ओलीले सत्ताको आडमा निर्वाचन आयोगलाई थर्काउने र सुर्य चिह्न जबर्जस्ती माग्नेगरेको उल्लेख गर्दै उनले निर्वाचन आयोग ओलीको डर र धम्कीमा नपर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले दम्भ देखाउँदैमा सुर्य चिह्न नपाउने जिकिर गर्दै उनले बहुमत सदस्य रहेको पार्टीले नै आधिकारिकता पाउने प्रस्ट पारे । अहिलेको सरकार खाडी मुलुकको तातोमा बेचिएका युवा र शिक्षा स्वास्थ्यबाट बञ्चित नागरिकको समस्यातिर भन्दा पनि नौटंकी गरेर सत्ता जोगाउने खेलमा लागेको बिष्टको आरोप थियो । आफूले श्रम मन्त्री भएर नेपालका युवाका पक्षमा काम गर्न खोज्दा सरकारबाटै आफूले भोग्नु परेको दबाबको पीडा जीवनभर बिर्सन नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण