खोपको प्रभाव– अस्पताल भर्ना हुनेको संख्या घटेपछि इजरायलमा लकडाउन खुकुलो हुँदै
एजेन्सी । इजरायलमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने र मृतकको संख्या घटाउन फाइजरको खोप ९५ दशमलव ८ प्रतिशत प्रभावकारी सावित भएको अध्ययन सार्वजनिक भएसँगै लकडाउन खुकुलो हुँदैछ । यहाँ, आइतबारबाट पसल, पुस्तकालय र संग्रहालयहरु खुल्न पाउनेछन् । तर सामाजिक दूरी र मास्कको प्रयोग भने अझै पनि आवश्यक पर्नेछ ।
जन–जीवन सामान्य अवस्थामा फर्काउने कामको पहिलो चरण चलिरहेको स्वास्थ मन्त्रालयले जनाएको छ । इजरायलमा खोपको प्रयोगको दर विश्वमै उच्च छ, यहाँ ४९ प्रतिशत जनताले कम्तिमा खोपको एक डोज लिइसकेका छन् । भाइरसको संक्रमण पुन तिव्र फैलिएपछि २७ डिसेम्बरमा इजरायलमा तेस्रो लकडाउन सुरु भएको थियो । मापदण्ड खुकुलो भएपछि अब मानिसहरु सपिङ मल र चिडियाघरजस्ता पर्यटकीय क्षेत्रमा प्रवेश गर्न सक्नेछन् ।
जीवन,होटललगायतका धेरै क्षेत्रहरु अब खुल्न पाउनेछन् । यद्यपि, यहाँ छिर्नका लागि ग्रिन पासपोर्ट चाहिन्छ र खोप लगाइसकेपछि मात्रै यो पासपोर्ट पाइन्छ । भाइरसबाट भर्खरै निको भएकाले अहिले तत्कालै खोपका लागि योग्य नरहेका सानो संख्याका मानिसहरुले पनि यो पासपोर्ट पाउँछन् ।
एपमार्फत प्राप्त गर्नसकिने यो पासपोर्ट स्वास्थ मन्त्रालयले जारी गर्छ र ६ महिनाका लागि वैध हुन्छ, खोपको दोस्रो डोज लगाएको दुई सातापछि यो पासपोर्ट पाइन्छ । मानिसहरुका लागि अहिले कन्सर्ट र खेलकुद गतिविधिहरु पनि खुला गरिएको छ । यद्यपि, त्यहाँ सिमित मानिसमात्रै आउन पाउँछन् । लकडाउन खुकुलो गरिएपनि इजरायलको एयरपोर्ट अर्को दुई सातासम्म बन्द रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण