खोपको प्रभाव– अस्पताल भर्ना हुनेको संख्या घटेपछि इजरायलमा लकडाउन खुकुलो हुँदै

एजेन्सी । इजरायलमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने र मृतकको संख्या घटाउन फाइजरको खोप ९५ दशमलव ८ प्रतिशत प्रभावकारी सावित भएको अध्ययन सार्वजनिक भएसँगै लकडाउन खुकुलो हुँदैछ । यहाँ, आइतबारबाट पसल, पुस्तकालय र संग्रहालयहरु खुल्न पाउनेछन् । तर सामाजिक दूरी र मास्कको प्रयोग भने अझै पनि आवश्यक पर्नेछ ।
जन–जीवन सामान्य अवस्थामा फर्काउने कामको पहिलो चरण चलिरहेको स्वास्थ मन्त्रालयले जनाएको छ । इजरायलमा खोपको प्रयोगको दर विश्वमै उच्च छ, यहाँ ४९ प्रतिशत जनताले कम्तिमा खोपको एक डोज लिइसकेका छन् । भाइरसको संक्रमण पुन तिव्र फैलिएपछि २७ डिसेम्बरमा इजरायलमा तेस्रो लकडाउन सुरु भएको थियो । मापदण्ड खुकुलो भएपछि अब मानिसहरु सपिङ मल र चिडियाघरजस्ता पर्यटकीय क्षेत्रमा प्रवेश गर्न सक्नेछन् ।
जीवन,होटललगायतका धेरै क्षेत्रहरु अब खुल्न पाउनेछन् । यद्यपि, यहाँ छिर्नका लागि ग्रिन पासपोर्ट चाहिन्छ र खोप लगाइसकेपछि मात्रै यो पासपोर्ट पाइन्छ । भाइरसबाट भर्खरै निको भएकाले अहिले तत्कालै खोपका लागि योग्य नरहेका सानो संख्याका मानिसहरुले पनि यो पासपोर्ट पाउँछन् ।
एपमार्फत प्राप्त गर्नसकिने यो पासपोर्ट स्वास्थ मन्त्रालयले जारी गर्छ र ६ महिनाका लागि वैध हुन्छ, खोपको दोस्रो डोज लगाएको दुई सातापछि यो पासपोर्ट पाइन्छ । मानिसहरुका लागि अहिले कन्सर्ट र खेलकुद गतिविधिहरु पनि खुला गरिएको छ । यद्यपि, त्यहाँ सिमित मानिसमात्रै आउन पाउँछन् । लकडाउन खुकुलो गरिएपनि इजरायलको एयरपोर्ट अर्को दुई सातासम्म बन्द रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
-
मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
-
बढ्याे नेप्से परिसूचक
-
मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह
-
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति