अफगानिस्तानमा बम विस्फोट, एक प्रहरी अधिकारीको मृत्यु
आइतबार, ०९ फागुन २०७७, २२ : २५
एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो विस्फोट गराइएको थियो ।
बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् ।
तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन् । उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण