मन्त्रालयका कर्मचारीले हाकहाकी घुस माग्ने गरेको पर्यटन व्यवसायी खुलासा,भन्छन्-‘हामीलाई कति आउँछ ?’
काठमाडौं । सरकारी निकाय, मन्त्रालयका कर्मचारीहरु चुर्लुम्म भ्रष्टाचारमा डुबेको पर्यटन व्यवसायीहरुले आरोप लगाएका छन् । ‘म भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न’ भन्ने मुल नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशिलताको रटान दिइरहे पनि कर्मचारीतन्त्र भने चुर्लुम्म भ्रष्टाचारमा डुबेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले आरोप लगाए ।
कोभिड–१९ को महामारीमा विदेशबाट आउनेहरुबाट उच्च जोखिम रहेको भन्दै आफुहरुले त्रिभूवन विमानस्थलमै पीसीआर मेसिन राख्न प्रस्ताव लिएर मन्त्रालय जाँदा उल्टै कर्मचारीबाट आफुहरुलाई के फाइदा हुन्छ ? कति आउँछ भन्ने जस्ता प्रश्न आएको उनले बताए ।
‘कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न विमानस्थलमै पीसीआर मेसिनको व्यवस्था हुनुपर्छ भनेर हामीले सरकारसँग माग गर्यौं । तर सरकारले राख्न चाहेन । पछि हामी आफैंले विदेशी सहयोग खोजेर राख्ने कोशिन गरौं । तर कर्मचारीतन्त्रले लिएन ।’
अध्यक्ष गुरागाईले भने,‘त्रिभूवन विमानस्थलमा चारवटा पीसीआर मेसिन राख्न एउटा कोरियन कम्पनीले फण्ड दिन तयार भएको थियो । तर, सो प्रस्ताव लिएर मन्त्रालय जाँदा कर्मचारीहरुले त्यो राख्दा हामीलाई के फाइदा हुन्छ ? कति आउँछ पो भन्छन् । फण्ड त्यतिकै गयो’ गुरागाईले भने ।
त्यसो त हरेक काम दिएर मन्त्रालय जाँदा कर्मचारीबाट कुनै न कुनै कोणबाट घुस माग्ने र खोज्ने काम हुने गरेको उनले बताए । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पर्यटन सम्वद्ध विभिन्न संघ–संस्थाहरुले सरकारसँग १० बुँदे माग राखेका छन् ।
कोभिड–१९ का कारण धरासायी भएको मुलुकको पर्यटन व्यवसायको उत्थानका लागि सरकारले विदेशी पर्यटक आगमनमा लगाएको प्रतिबन्ध अविलम्ब फुकुवा गर्नुपर्ने, उत्तर–दक्षिण दुवैतर्फको नाका खुल्ला गर्नुपर्ने, एयरलाइन्सहरू पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने लगायतका माग राखेका छन् ।
त्यस्तै विदेशी पर्यटक आगमन सहजताका लागि अनिवार्य गरिएको ५–७ दिनको क्वारेन्टिनको व्यवस्था खारेज गर्दै विमानस्थलमै अनअराइभल भिसाको व्यवस्था गर्न समेत व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अन्यथा सरकार विरुद्ध कडा आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण