ओबामाको खुलासाः स्कूलमा एउटा विशेष साथीको नाक भाँचिदिएँ
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले आफूमाथि भएको रङ्गभेदमाथि रोचक घटना सुनाएका छन् ।
स्कूलका दिन स्मरण गर्दै उनले भने, ‘त्यतिबेला मेरा एक साथीले ममाथि जातीवाद र रङ्गभेदी टिप्पणी गरेका थिए, मलाई यति रिस उठ्यो कि मैले उनको नाक भाँचिदिएँ । यो घटना स्कूलको लकर रुममा सुरु भएको थियो ।’
ओबामा ८ वर्षसम्म अमेरिकाका राष्ट्रपति रहे । उनले दुई कार्यकाल पूरा गरे । त्यतिबेला जो बाइडेन उप–राष्ट्रपति थिए र अब उनी अमेरिकाका ४६ औं राष्ट्रपति हुन् ।
पोडकास्टमा समावेश भए ओबामाः
‘द हिल’ को एक रिपोर्ट अनुसार रङ्गभेदमाथि ओबामाले यो खुलासा एक पोडकास्टका बेला गरेका हुन् । यो कार्यक्रमका प्रस्तोता ब्रूस स्प्रिङ्स्टन हुन् । ओबामाले यो घटनाबारे भने, ‘म स्कूलमा हुँदा मेरा थुप्रै साथी थिए । एउटा साथी विशेष थिए । हामी सँगै बास्केटबल खेल्दथ्यौं । एकपटक हामी खेलिराख्दा हाम्रो झगडा भयो । उनले मलाई केही जातीवादी शब्द भने । उनले त्यतिबेला जे भने सायद उनलाई त्यसको अर्थ पनि थाहा थिएन । मलाई असाध्यै रिस उठेको थियो । मैले एक मुक्का उनको नाकमा हानेर उनको नाक भाँचिदिएँ । ’
यसमाथि प्रस्तोताले भने, ‘तपाईंले निकै राम्रो गर्नुभयो ।’
त्यसपछि अर्थ बुझाएँः
अमेरिकाका पूर्व राष्ट्रपति ओबामाले थपे, ‘घटनापछि मैले ती साथीलाई उनले भनेका शब्दको अर्थ बुझाइदिएँ ।’
ओबामाले यस्तो प्रकारको घटनालाई सार्वजनिक रुपमा जानकारी दिएको यो पहिलो घटना हो । उनले भने, ‘म गरिब र कुरुप हुन सकौँला तर यसो भन्दैमा कसैले मेरो अपमान भने गर्न सक्दैनन् । र मैले जुन गल्ती गरेकै छैन, त्यसको सजाय मैले किन पाउने ?’
पहिले पनि यो मुद्दा उठाइसकेका छन्ः
अमेरिकामा पछिल्लो चुनावमा जातिवादको मुद्दा थुप्रै पटक उठे । आबोमाले आफ्नो कार्यकाल र त्यसपछि पनि यसबारे धेरैपटक यो कुरा उठाए । सन् २०१५ मा उनले भनेका थिए, ‘अमेरिकामा जातिवादको कुनै स्थान छैन । हामी यसलाई कुनै पनि रुपमा स्विकार गर्न सक्दैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण