संविधान एउटा ट्रयाकमा आयोः राजेन्द्र महतो
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई सर्वोच्च अदालतले परास्त गरेको बताएका छन् । बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको भेलामा बोल्दै महतोले संविधान एउटा लयमा आएको बताए ।
‘प्रतिनिधिसभा पुनःस्थापनाले सबै ठिकठाकचाहिँ हुँदैन’ वरिष्ठ नेता महतोले भने–‘सांसदको पद बँच्यो तर, माननीयको पद बहाली हुँदैमा सबै ठीकठाक हुँदैन ।’ संविधान बनाउँदा संविधानमाथि भएको ‘कु’ सच्चिन बाँकी रहेको महतोको भनाई छ । ‘प्रतिगमन सच्चियो तर, कु कहाँ सच्चियो ?’ महतोले भने- ‘संविधान बनाउँदा प्रतिगमन भएको थियो, त्यो सच्चिन बाँकी छ । संविधान बनाउँदा मधेससँग गरिएको सम्झौता लत्याइएको उल्लेख गर्दै महतोले भने– ‘आवाज उठाउँदा गोली हानियो, गोलाबारीको बीचमा ०७२ को संविधान जारी भएको थियो ।’
प्रधानमन्त्री केपी ओलीले दोस्रो प्रतिगमन गरेको बताउँदै अदालतको परमादेशले संवैधानिक मान्यताको रक्षा भएको महतोले बताए । ‘०७२ को संविधान हाम्रो लागि बनेको थिएन, त्यहाँ एक हजार त्रुटी छन्’ उनले भने–‘संविधान पुनर्लेखन र संशोधन जरुरी छ ।’ अब अन्तिम आन्दोलन गर्नुपर्ने जिकिर गर्दै महतोले भने– ‘जुन, राष्ट्रिय मुक्ति आन्दोलन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण