माल्दिभ्समा एक लाख व्यक्तिलाई कोभिड-१९ विरूद्धको खोप दिइयो
एजेन्सी । माल्दिभ्समा आइतबारसम्म एक लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले देशको स्वास्थ्य सुरक्षा निकाय (एचपीए)लाई उद्धृत गरी जानकारी गराएका छन् ।
एचपीएले आफ्नो आधिकारिक ट्वीटरमा भनेको छ, “कोभिडविरूद्धको खोप अभियानलाई सफल पार्न सरकारलाई सहयोग गर्ने सर्वसाधारण, स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायत सम्पूर्ण व्यक्तिलाई सरकार धन्यवाद दिन चाहन्छ ।” एचपीएको तथ्याङकअनुसार ग्रेटर माले भनी चिनिने राजधानी र वरपरका क्षेत्रहरूका ७२ हजार ८७२ व्यक्तिसहित कूल एक लाख पाँच हजार ४९२ जनाले आइतबारसम्ममा खोप सेवा लिइसकेका छन् ।
करिब ५६ लाख जनसङ्ख्या रहेको माल्दिभ्समा यही फेब्रअरी १ देखि खोप अभियान थालिएको थियो भने माल्दिभ्सले झण्डै ११ लाख खोप खरिद प्रक्रियालाई अघि बढाएको छ भने आगामी केही महिनाभित्र सम्पूर्ण जनसङ्ख्यालाई खोप सेवा उपलब्ध गराउने सरकारी अधिकारीले बताएका छन् ।
यस एशियाली मुलुकमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको प्रविधि र भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपलाई प्रयोगमा ल्याइएको छ ।
माल्दिभ्सले २५ वर्ष भन्दामाथि वा अति जोखिमको तहमा रहेका १८–२५ वर्ष उमेर समूहका गैर–नागरिक र कागजात नभएका आप्रबासीका लागि पनि खोपलाई निःशुल्क प्रदान गर्ने बताएको छ । एचपीएका अनुसार शनिबारसम्म माल्दिभ्समा १९ हजार ५९७ जनालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र यसमध्ये १७ हजार १३२ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन् । यहाँ कूल ६१ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण