विश्वस्तरीय ब्राण्ड एनआइयुको इलेक्ट्रिक स्कुटर ‘एमक्यूआई प्लस’ बजारमा
काठमाडौं । विश्वस्तरीय ब्राण्ड एनआइयूको नयाँ इलेक्ट्रिक स्कुटर ‘एमक्यूआई प्लस’ नेपाली बजारमा आएको छ । कम्पनीले विश्व प्रसिद्ध ब्राण्ड बोससँगको सहकार्यमा न्यू जेनेरेसनको ई–स्कुटर एमक्यूआर प्लस बजारमा ल्याएको हो ।
एनआइयु एमक्यूआई प्लस इलेक्ट्रिक स्कुटर ४८ भोल्ट ३१ एएचको लिथियम आयोन ब्याट्री र बोसको १५ सय वाटको इलेक्ट्रोमिटर सहित बजारमा आएको छ । सिंगल चार्जमा ६० देखि ७५ किलोमिटर सम्मको रेन्ज दिने एमक्यूआई प्लसले अधिकतम ४५ किलोमिटर प्रतिघण्टाको गति दिन सक्ने कम्पनीले बताएको छ ।

रोबस्ट फ्रेमका कारण यो स्कुटरमा सवार हुने ब्यक्तिले आफूलाई कन्फिडेन्ट महसुस गर्न सक्छनुका साथै लिथियम आयोन ब्याट्री र बोस मोटरको कम्बिनेसनले स्कुटरलाई थप सशक्त समेत बनाएको कम्पनीको दाबी छ । स्कुटरमा थप गरिएको नयाँ अपग्रेड फिचर्सले यसलाई थप ग्राहकमैत्री बनाउनुका साथै सबै स्कुटरमा प्रिपेड सिमकार्ड स्लट उपलब्ध रहेको र जसलाई एनआईयू एपको माध्यमले सातै दिन र चौबिसै घण्टा कनेक्ट गर्न सकिन्छ समेत कम्पनीले बताएको छ । जसको सहयोगले प्रयोगकर्ताले स्कुटरमै जीपीएस, एन्टी–थेफ्ट ट्रयाकिङ, रिमोट ट्रयाकिङ, स्कुटर डायग्नोस्टिक र हेल्प सेन्टर जस्ता रियल टाइम इन्टेलिजेन्स सेवा समेत प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।
विभिन्न ५ कलरमा उपलब्ध एमक्यूआई प्लसको बजार मूल्य २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । विश्व बजारमा सन् २०१५ देखि एनआईयूका स्कुटर उपलब्ध छन् । हाल विश्वका ४० देशमा ७० लाख एनआईयूका स्कुटर बिक्री भएका र ७ अर्ब किलोमिटर गुडेको कम्पनीको भनाइ छ । नेपाली बजारमा विगत ४ वर्षदेखि एनआईयूका स्कुटर उपलब्ध रहेको र हालसम्म करिब ८ सय युनिट स्कुटर बिक्री वितरण भइसकेको कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण