शशांक कोइरालाको प्रस्ताव: नेकपा फुटाउन प्रचण्ड-नेपाल समूहलाई साथ दिउँ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन काँग्रेसले एउटा पक्षलाई साथ दिनुपर्ने बताएका छन् । सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘नेकपा फुटाउन काँग्रेसले एउटा पक्षलाई साथ दिनैपर्छ । यसबारे पार्टीले निर्णय गर्न बाँकी छ । नेकपा फुट्छ भने हामीले प्रचण्ड–माधव पक्षसँग सहकार्य गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत प्रस्ताव हो ।’
यद्यपि संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र भावी सत्ता सहकार्यबारे पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए । नेकपा विवादका कारण मुलुक अनिर्णयको बन्दी बनिरहन नसक्ने उनको भनाइ छ । ‘नेकपामा देखिएको विवादको निकास नआउँदा मुलुक नै अनिर्णयमा परेको छ । मुलुकलाई निकास दिन नेकपा फुट्नैपर्छ’ कोइरालाले भने । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता