शशांक कोइरालाको प्रस्ताव: नेकपा फुटाउन प्रचण्ड-नेपाल समूहलाई साथ दिउँ
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन काँग्रेसले एउटा पक्षलाई साथ दिनुपर्ने बताएका छन् । सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘नेकपा फुटाउन काँग्रेसले एउटा पक्षलाई साथ दिनैपर्छ । यसबारे पार्टीले निर्णय गर्न बाँकी छ । नेकपा फुट्छ भने हामीले प्रचण्ड–माधव पक्षसँग सहकार्य गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत प्रस्ताव हो ।’
यद्यपि संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र भावी सत्ता सहकार्यबारे पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए । नेकपा विवादका कारण मुलुक अनिर्णयको बन्दी बनिरहन नसक्ने उनको भनाइ छ । ‘नेकपामा देखिएको विवादको निकास नआउँदा मुलुक नै अनिर्णयमा परेको छ । मुलुकलाई निकास दिन नेकपा फुट्नैपर्छ’ कोइरालाले भने । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण