विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् । सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए ।
‘अब देशमा सशस्त्र आन्दोलनको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनले आफ्ना अधिकार प्राप्त गर्न सकिन्छ’ उनले भने । अध्यक्ष यादवले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेससँग विभेद गरेको बताए । उनले भने, ‘पहाडका लागि एउटा निर्णय मधेशको लागि अर्को निर्णय हुनुहुँदैन, सशस्त्र आन्दोलनमा रहेकालाई मूलधारमा ल्याइएको छ तर शान्तिपूर्ण आन्दोलन गरेका मधेशी नेताहरुलाई मुद्दा लगाइएको छ भने कतिपयलाई थुनामा राखेका छन्, अब उनीहरुलाई पनि छाड्नुपर्छ ।’
यादवले थप भने, ‘थरूहट आन्दोलनमा लगेका रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता पनि थुनामा रहेका छन् । उनीहरुमाथि मुद्दा लगाइएको छ ती सबै फिर्ता लिएर थुनामा रहेकालाई रहाई गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण