उत्तर कोरियाद्वारा पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन
एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् । एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा पार भएको राष्ट्र संघ सुरक्षा परिषद्को विज्ञहरूले बताएका हुन् ।
नयाँ रिपोर्टअनुसार गत वर्ष जनवरीदेखि सेप्टेम्बरसम्ममा कोरियाले कुन देशको भनेर परिचय नखुलेका केही मुलुकका १२१ सामुद्रिक ट्याङ्कको प्रयोग गरी ग्यास तथा डिजेललगायतका पदार्थलाई आयात गरेको हो ।
उत्तर कोरियालाई आवश्यक भनी तोकाएकोभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट प्योङ्याङ्ले आफ्नो आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरी आफ्नो हतियार विकासमा प्रयोग गरेको आशङ्का विज्ञहरूले गरेका हुन् । उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्ध भन्दा कोइला, माछा र टेक्सटायललगायतका सामानको निर्यातको सिलिङ (सीमा) लाई पनि पार गरेको र यसरी प्राप्त राजश्वलाई हतियार विकासमा लगाएको दावी राष्ट्रसंघीय समितिको रहको छ ।
प्योङ्याङले सन् २०१९ जनवरीदेखि सन् २०२० नोभेम्बरसम्मको कूल ‘भर्चुअल एसेट’ चोरीको मूल्य करीब ३१ करोड ६४ लाख अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आइफोनमा पनि गुगलको ‘सर्कल टु सर्च’ फिचर
-
संघीय सरकारलाई काउन्टर : सीटीइभीटी प्रदेश सरकार मातहत राख्ने निर्णय
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
-
कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै