अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबान मारिए
एजेन्सी । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकुको मृत्यु भएको जनाइएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको बताइएको छ ।
सोमबार दिइएको जानकारीअनुसार यहाँको दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा परी ती व्यक्तिको निधन भएको बताइएको हो । अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले सोमबार सो जानकारी दिएको छ । त्यसैगरी हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुराको जानकारी गराइएको छ ।
त्यस जिल्लामा तालिबानको गढ रहेको मानिएको छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ । उता अफगानिस्तानका विभिन्न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरू भएका बताइएको छ । सो हिंसामा भएको मानवीय हताहतको बारेमा भने कुनै जानकारी नगराइएको समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण