नेकपाको हैसियतमा अन्तिम बैठकः नारायणकाजी श्रेष्ठ
काठमाडौं । सर्वोच्च अदालतले ओली प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज गरेपछि सोमबार नेकपाको हैसियतमा अन्तिम बैठक बसेको छ । प्रचण्ड माधव पक्षका नेताहरुको सोमबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै कार्यन्वयन गर्ने निष्कर्ष पनि निकालेको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए । ‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ’ नेता श्रेष्ठको भनाई छ । उनले भने, ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।
नेता श्रेष्ठले बैठकमा २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने छलफल भएको भन्दै पार्टी एकता सही भएको समीक्षा गरिएको र नेपालका कम्युनिष्ट एकतालाई जारी राखिएको बताए। साथै सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा जाने श्रेष्ठको भनाइ छ ।
त्यस्तै एमाले र माओवादी गरी फरक फरक पार्टी भएकाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको र त्यो माओवादीका हैसियतमा बस्ने बैठकले निर्णय गर्ने पनि निश्कर्ष निकालेको छ । नेता श्रेष्ठले सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता ल्याउने बारेमा आ–आफ्नै ढंगले निर्णय गर्ने बताए । त्यस्तै सर्वोच्चको फैसला आफैंपनि चुनौतिपूर्ण छ र व्यवहारमा कठिन भएको बैठकले निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण