रणबीर कपुरपछि सञ्जय लीला भंसाली कोरोना पोजेटिभ, रोकियो आलियाको फिल्मको सुटिङ
बलिउड अभिनेता रणबीर कपुर कोरोनाद्वारा पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसाली पनि कोभिड–१९ द्वारा ग्रसित भएका छन् । सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला सञ्जय लीला भंसाली कोरोनाभाइरसद्वारा ग्रसित भएका हुन् । हाल फिल्मको सुटिङ रोकिएको छ ।
गंगूबाई काठियावाडी फिल्मको सुटिङ मुम्बई फिल्म सिटीमा भइरहेको थियो । सञ्जय लीला भंसाली कोरोना पोजेटिभ पाइएपछि फिल्मको सुटिङ बन्द गरिएको छ र सबै कास्ट र क्रुको कोरोना परीक्षण गरिएको छ ।
भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सञ्जय लीला भंसाली कोभिड–१९ द्वारा ग्रसित भएका छन् र यतिबेला उनी सेल्फ क्वारेन्टिनमा छन् । आलिया भट्टले पनि आफूलाई क्वारेन्टिनमा राखेकी छिन् । रणबीर कपुर पनि कोरोना पोजेटिभ पाइएका छन् । सञ्जयको सम्पर्कमा आएका सबैले कोरोना परीक्षण गरेका छन् ।’
सञ्जयकी आमा कोरोना नेगेटिभः
स्रोतले सञ्जय लीला भंसालीकी आमाको स्वास्थ्यको जानकारी दिँदै उनी ठिक भएको बताएको छ । स्रोतले भनेको छ, ‘कोरोना पोजेटिभ पाइएपछि सञ्जयले सबैभन्दा पहिला आफ्नी आमाको कोरोनाको परीक्षण गराएका छन् । उनको परीक्षण नेगेटिभ आएको छ र उनी ठिक छिन् तर उनले पनि सावधानी अपनाउँदै आफूलाई आइसोलेशनमा राखेकी छिन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण