आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले किन गरे प्रतिनिधिसभा बैठक ‘बङ्क’ ?

बुधबार, २६ फागुन २०७७, १४ : ०३
बुधबार, २६ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर पुगेर फर्किएका छन् । 

प्रधानमन्त्री कुनै काम परेर बैठकमा सहभागी नभएको सुवासचन्द्र नेम्वाङले बताएका छन् ।  हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको बहिष्कार र काँग्रेस तथा जसपाले गरेको अवरोधलाई ब्यङ्ग्य गर्दै उनले पहिलो गाँसमै झिँगाको संज्ञा दिएका थिए । 

गत पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभा गत फागुन ११ गते सर्वोच्चले पुनःस्थापना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप