अक्सफोर्डको कोरोना भ्याक्सिन प्रयोगमा रोक लगाउने देशको संख्या बढ्यो
एजेन्सी। अक्सफोर्डको कोरोना भ्याक्सिन ऐस्ट्रेजेनेका (नेपालमा आएको कोभिशिल्ड) लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन थालेको भन्दै विभिन्न सातवटा देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन्। यी देशले उक्त भ्याक्सिनमाथि अस्थायी रूपमा रोक लगाएका हुन् ।
युरोपमा अहिलेसम्म ५० लाख व्यक्तिले यो भ्याक्सिन लगाइसकेका छन् । यसमध्ये झण्डै ३० जनामा रक्त नलीमा रगत जम्ने (ब्लड क्लाटिंग) समस्या देखिएको छ । ‘ब्लड क्लाटिंग’ का कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा अवरोध आउनाले हृदय, मष्तिष्कलगायतका अन्य अंगमा आवश्यक मात्रामा रगत पुग्न पाउँदैन । चिकित्सकहरूका अनुसार यस्तो भएमा मुटु तथा मस्तिष्क घात हुनसक्ने खतरा हुन्छ । अस्ट्रियामा भ्याक्सिन लगाएका एक जनाको ‘ब्लड क्लाटिंग’ हुँदा ‘पल्मोनरी इम्बोलिज्म’ का कारण मृत्यु भएको बताइए पनि भ्याक्सिनका कारण यो समस्या उत्पन्न भएको हो वा होइन भन्ने पुष्टि भइनसकेको समाचार संस्था रोयटर्सले लेखेको छ ।
उक्त व्यक्तिको मृत्युबारे अन्तिम रिपोर्ट नआएसम्म भ्याक्सिन प्रयोगमा यी देशले अस्थायी बन्देज लगाएका हुन्। थाइल्यान्ड र बुल्गेरियाले भने युरोपेली देशले प्रयोगमा रोक लगाएपछि आफूहरूले पनि भ्याक्सिन लगाउने योजना स्थगित गरेको बताएका छन्।
थाइल्यान्डका प्रधानमन्त्री र अन्य मन्त्रीहरूले शुक्रबार खोप लगाउने कार्यक्रम रहे पनि खोप अभियान तत्काललाई स्थगन गरिएको त्यहाँका कोरोना खोप समितिका सल्लाहकार पियासकोल सकोस्टायडर्नले बीबीसीसँग भनेका छन् ।
एस्ट्राजेनेकाको १ लाख १७ हजार ३ सय थान भ्याक्सिन गत फेब्रुअरीमा थाइल्यान्ड पुगेको थियो । यसका साथै थाई सरकारले चीनबाट दुई लाख थान ‘कोरोनाभ्याक’ पनि किनको थियो। यहाँका तीन लाख नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण