‘दर्पणछाँया पछि’ मा देखिँदै निरुता
मङ्गलबार, ०३ चैत २०७७, १६ : ५१
काठमाडौं । पछिल्लो समय मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह अहिले नेपालमा छिन् । केही दिनअगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनी अहिले फिल्म ‘दर्पणछाँया पछि’ अभिनय तयारीमा छिन् ।
अभिनेता उत्तम प्रधानको निर्देशन रहने फिल्ममा उत्तम, निरुताको अलवा दीलिप रायमाझीको पनि मुख्य भूमिका रहनेछ । फिल्मको कथा पनि उत्तमले नै तयार पारेका हुन् । सुपरहिट फिल्म ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने फिल्म उत्तम र निरुताले मिलेर निर्माण गर्न लागेका हुन् ।
एक समय हिट फिल्म दिएकी निरुता १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किएकी थिइन् । त्यसपछि ‘दाल भात तरकारी’ अभिनय गरेकी उनले ‘दर्पण छायाँपछि’ फिल्म अभिनयमा आफ्नो वास्तविक कम ब्याक हुने बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण