शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दर्पणछाँया पछि’ मा देखिँदै निरुता

मङ्गलबार, ०३ चैत २०७७, १६ : ५१
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । पछिल्लो समय मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह अहिले नेपालमा छिन् । केही दिनअगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनी अहिले फिल्म ‘दर्पणछाँया पछि’ अभिनय तयारीमा छिन् ।

अभिनेता उत्तम प्रधानको निर्देशन रहने फिल्ममा उत्तम, निरुताको अलवा दीलिप रायमाझीको पनि मुख्य भूमिका रहनेछ । फिल्मको कथा पनि उत्तमले नै तयार पारेका हुन् । सुपरहिट फिल्म ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने फिल्म उत्तम र निरुताले मिलेर निर्माण गर्न लागेका हुन् ।

एक समय हिट फिल्म दिएकी निरुता १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किएकी थिइन् । त्यसपछि ‘दाल भात तरकारी’ अभिनय गरेकी उनले ‘दर्पण छायाँपछि’ फिल्म अभिनयमा आफ्नो वास्तविक कम ब्याक हुने बताउँदै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप