ओलीलाई च्याङ काइ सेक नबन्न पाण्डेको सुझाव
बुधबार, ०४ चैत २०७७, १३ : ५१

काठमाडौ । एमाले नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई चिनियाँ नेता च्याङ काइ सेकसँग तुलना गरेका छन् । बुधबारबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा नेता पाण्डेले माओ र च्याङ काइ सेकको प्रसंग उल्लेख गर्दै माओले भनेको कुरा नमान्दा च्याङ सकिएजस्तै ओली पनि सकिने बाटोमा नलाग्न आग्रह गरे ।
‘१९४५ मा चिनियाँ जनयुद्ध नयाँ उचाइमा पुगिरहेको थियो र माओले च्याङ काइ सेकसँग वार्ताको अनुरोध गरे । हामी मिलौं । तर सेकले उत्तर दिएका थिए ‘एउटा आकाशमा दुईवटा सूर्य हुदैन ।’ उनले भने, ‘त्यसरी वार्ताको प्रस्तावलाई दुत्कार्ने सेकको आयु केही वर्षभन्दा बढि बाँकी रहेन । उनी चिनियाँ क्रान्तिबाट सधैका लागि परास्त बनेर जाने स्थिति बन्यो । हामीले ओलीलाई पनि भनेका छौ समयमै यस कुराप्रति हेक्का राखियोस्’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो