बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

काठमाडौं । काठमाडौंको बौद्ध र कपनमा एकैदिन ३ जनाले आत्महत्या गरेका छन् । शुक्रवार कपन, मूलपानी र अत्तरखेलमा ३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।
मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठ ‘सीता’ले आत्महत्या गरेकी छिन् । ललितपुर घर भएकी दीपा आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएको फेला परेकी छिन् । अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका छन् । करिब ३५ वर्षीय बस्नेत दक्षिण ढोका स्थित उत्तरबाहिनीमा रहेको साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीले झुण्डेर आत्महत्या गरेकी छिन् । काभ्रे घर भएकी पहरी आफ्नो डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । तीनवटै घटनास्थल बौद्द प्रहरीको क्षेत्रमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको प्रक्रियामै माओवादीकाे असन्तुष्टि
-
जनताको नजरमा सरकार ढलिसक्यो : प्रचण्ड
-
अञ्जला कोइरालाका सवालमा उच्च अदालतका दुई न्यायाधीशको राय बाझियो
-
प्रचण्डको सम्बोधनमा सरकारको आलोचना हुँदा खुसी देखिए कान्छाराम
-
दूरगामी महत्वका नीति तथा कार्यक्रममाथि सरकारले कैँची चलायो– प्रचण्ड
-
पीएसजीका युवा विंगरका लागि रियल म्याड्रिड ठुलो रकम खर्चन तयार