‘लिभनिङ’को उत्कृष्ट इलेक्ट्रिक स्कुटर बजारमा, १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर गुड्ने
काठमाडौं । युरोपियन बजारमा निकै उत्कृष्ट मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आएको छ । लिभनिङका लागि नेपालको आधिकारिक वितरक जम्बो ईको भेहिकलले उक्त इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको हो ।
आइतबार एक समारोहका बीच कम्पनीले औपचारिक रुपमा स्कुटर सार्वजनिकको घोषणा गरेको छ । पहिलो पटक इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको कम्पनीले लिभनिङ इलेक्ट्रिक स्कुटरहरु मध्यकै उत्कृष्ट भएको दाबी गरेको छ ।
स्कुटर सार्वजनिक गर्दै जम्बो ईको भेहिकलका प्रोपाइटर नारायण गौतमले विश्वकै नविन र उच्च टेक्नोलोजिमा निर्मित अधिकतम १२ सय वाटको सामसुङ लिथिलियम ब्याट्रीको प्रयोग भएको बताए । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा अधिकतम ८० किलोमिटर स्कुटर गुडाउन सकिने गौतमको भनाइ छ ।
एक पटकको फुल चार्ज हुन अधिकतम १.५ युनिट विद्युत खपत हुने र विद्युत खपतका हिसाबले करिब १५ रुपैयाँ मात्र खर्च हुने कम्पनीको भनाई छ । अर्थात् १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर स्कुटर गुड्न सक्छ ।
यसको अतिरिक्त स्कुटरमा मोबाइल चार्जिङ्ग, ब्ल्युटुथ कनेक्टिभिटी, अडियो सिस्टम र सेन्सर लगायतका आवश्यक फिचर्स समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

लिभनिङ ब्राण्डमा एक्स१ र एस५ र जम्बो ब्राण्डमा डी०६ र एम२० चार वटा मोडल एकैपटक सार्वजनिक गरेको कम्पनीले एक्स१ मा २ हजार २०, एस५ मा ३ हजार, डी०६ मा २ हजार र एम२० मा एक हजार ५ सय वाटको मोटर चडान गरिएको कम्पनीले जनाएको छ ।
जसको बजार मूल्य एक्स१ को २ लाख ६० हजार, एस५ को २ लाख ९९ हजार ९ सय ९९, डी०६ को २ लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण