अमेरिकाको कोलोराडोमा गोलीबारी, प्रहरीसमेत १० जनाको मृत्यु
अमेरिकाको कोलोराडोको बोल्डर शहरमा गोलीबारीको घटनामा प्रहरीसमेत थुप्रैजना मारिएको खबर छ । यो घटनामा प्रहरीसमेत कम्तीमा १० जना मारिएको खबर छ ।
समाचार एजेन्सी एफपीका अनुसार एक बन्दुकधारीले बोल्डर शहरको टेबल मेसा इलाकाको एक ग्रोसरी सुपरमार्केटमा स्थानीय समयानुसार करिब दिउँसो ३ बजे गोलीबारी भएको हो । प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार केही सुरुवाती जानकारी मात्रै प्राप्त गरिएको र हिंसाका कारण के हो भन्ने हालसम्म यकिन हुन सकेको छैन ।
तर स्थानीय मिडियामा देखाइएको भिडियोमा बक्सर मात्रै लगाएका दाह्री भएका गोरा व्यक्तिलाई हत्कडीमा स्टोरबाट बाहिर लैजादैं गरिएको देखिएको छ । त्यसपछि उनलाई स्ट्रेचरमा सुताएर एम्बुलेन्समा लगियो । हिरासतमा लिइएका व्यक्तिको खुट्टाबाट रगत निस्किरहेको थियो र उनी खुट्टा खोच्याएर हिँडिरहेका थिए ।
घटनाका बेला सुपरमार्केटभित्रै रहेका प्रत्यक्षदर्शीले गोलीको आवाज सुनेपछि आफूहरु पछाडिको बाटो हुँदै बाहिर निस्किएको बताए ।
कम्तिमा आठ गनशट सुन्ने रयान बोरोव्स्कीले सीएनएनसँग भने, ‘एउटा सोडा र चिप्सको प्याकेट खरिद गर्न जाँदा म त झण्डै मरिनँ ।’
दर्जनौं बख्तरबन्द वाहन, एम्बुलेन्स र एफबीआई एजेन्ट, स्वाट टीमसमेत सुरक्षाबल घटनास्थलमा पुगेका छन् ।
यसअघि अघिल्लो हप्ता पनि दक्षिणपूर्वी जर्जिया राज्यमा एशियालीको स्पामा गोलीबारीको घटना भएको थियो जसमा ८ जना मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण