मौसम पूर्वानुमानलाई सही र विश्वसनीय बनाउन प्रयास
काठमाडौं । प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ ।
यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । पृथ्वीको करीब ७१ प्रतिशत भाग समुद्रले ढाकेको छ । मौसम तथा जलवायुको उतारचढावमा समुद्रको ठूलो प्रभाव छ । विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमान भइरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भइरहेको छ ।
हिमालका हिउँ पग्लँदै गइरहेको छ । समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ । मौसम प्रणालीको स्वरुपमा अस्वाभाविक फेरबदल भइरहेको छ । फलस्वरुप नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ जस्ता विषम मौसमी अवस्थामा बढोत्तरी भइरहेको छ ।
यस्ता मौसम र जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ । मौसम पूर्वानुमानलाई समयसापेक्ष सही, भरपर्दो र विश्वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आकलनलाई थप प्रभावकारी बनाउने विषयलाई विभागले उच्च प्राथमिकताका साथ जानकारी गराउँदै आइरहेको जनाएको छ । विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारणदेखि नीति निर्माताको तहसम्म मौसम तथा जलवायुको महत्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा विभागले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण