अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकूको मृत्यु
बिहीबार, १२ चैत २०७७, २२ : ४५
एजेन्सी । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो ।
सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् । लडाकुहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् ।
सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण