चिनियाँ राष्ट्रपतिको आलोचना गर्दै बाइडेनले भने, ‘शी जिनपिङको शरीरमा लोकतान्त्रिक हड्डी छैन’
अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडेनले बिहिबार पहिलो आधिकारिक पत्रकार सम्मेलनमा विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् ।
चीनबारे कुरा गर्दै बाइडेनले आफ्नो चीनसँग संघर्ष गर्ने कुनै सोच नभएको बताएका छन् तर उनले चीनका राष्ट्रपति शी जिनपिङको आलोचना पनि गरेका छन् ।
आफूले चिनियाँ नेतालाई बराक ओबामासँग उप–राष्ट्रपतिको हैसियतले काम गरिरहेका बेलादेखि नै चिनेको बताएका छन् ।
बाइडेनले भनेका थिए, ‘शी जिनपिङको शरीरमा एउटा पनि लोकतान्त्रिक हड्डी छैन तर उनी एक स्मार्ट व्यक्ति हुन् ।’
बाइडेनले थपे, ‘चीन संसारको सर्वाधिक शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहन्छ तर हामी यसो हुन दिँँदैनौं किनभने अमेरिका पनि यो दिशामा अघि बढ्दै जानेछ र प्रगति पनि गर्दै जानेछ ।’
बाइडेनले अमेरिका र चीनमा एउटै मात्र कुराको प्रतिस्पर्धा भइरहेको बताएका छन् । उनका अनुसार यी दुई देश लोकतन्त्र र तानाशाहबीच प्रतिस्पर्धा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण