आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रशासनद्वारा प्यालेस्टाइनसँग सञ्चार सम्पर्क पुनः स्थापना

शुक्रबार, १३ चैत २०७७, १४ : २२
शुक्रबार, १३ चैत २०७७

संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले प्यालेष्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनः स्थापना गर्न लागेको जनाएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीसँगको सञ्चार सम्पर्क विच्छेद गरेका थिए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डद्वा प्यालेष्टाइनसँग अमेरिकाले चाँडै कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न लागेको बिहीबार जानकारी गराएकी छिन् ।

उनले जनवरी यतादेखि बाइडेन प्रशासनले दुबै पक्षसँग परामर्श गरी प्यालेष्टाइनमा शान्ति स्थापना गर्न चाहेको जानकारी गराएकी छन् । राजदूत ग्रिनफिल्डले भनिन्, ‘बाइडेन प्रशासनले अमेरिकी पूर्व प्रशासनले प्यालेष्टाइनसँग अवरुद्ध गरेको कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न पहल थालिसकेको छ । कूटनीतिक सम्बन्ध स्थापनाको हाम्रो लक्ष एकै छः इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मद्दत गर्नु ।’

राजदूत ग्रिन फिल्डले अमेरिकाले इजरायललाई निरन्तर सहयोग गर्ने बताउँदै इजरायल र प्यालेस्टाइन दुबै पक्षले दुई– राज्य समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरिन् । उनले इजरायलको भविष्यका लागि यो नै सबैभन्दा राम्रो दृष्टिकोण रहेको अमेरिकी सोचाई रहेको बताइन् ।

राजदूत ग्रिन फिल्डले बाइडेन प्रशासनले प्यालेस्टाइनी जनताको विकास र मानवीय सहायताका लागि मद्दत गर्न अमेरिकी सहायता कार्यक्रम पुनः आरम्भ गर्न लागेको पनि बताइन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप