पछिल्लो २४ घण्टामा संसारकै सर्वाधिक कोरोना संक्रमित भारतमा भेटिए
भारतमा कोरोनाको दोस्रो लहर तीब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिएको छ । यहाँ आइतबार ६८,२०७ संक्रमितको पहिचान भएको छ । यहाँ आँकडा पछिल्लो १६९ दिनको सबैभन्दा बढी हो । यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४,४१८ संक्रमित भेटिएका थिए । यस्तै यो अवधिमा ३२,१४९ संक्रमित निको भएका छन् र २९५ को मृत्यु भएको छ ।
यता सक्रिय संक्रमितको आँकडा पनि लगातार बढ्दै गइरहेको छ । भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको आँकडा पाँच लाख पार भएको छ । हाल यहाँ ५ लाख १८ हजार ७६७ संक्रमितको उपचार चलिरहेको छ । यसअघि अघिल्लो वर्ष ९ नोभेम्बरमा देशमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित थिए ।
भारतमा हालसम्म १.२० करोड मानिस यो महामारीको चपेटमा आएका छन् । यीमध्ये करिब १.१३ करोड निको भइसकेका छन् । १.६१ लाख बिरामीले ज्यान गुमाएका छन् । हाल ५.१८ लाख बिरामीको उपचार चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण