तत्काल तुवाँलो हट्ने सम्भावना देखिँदैन : मौसम विज्ञान विभाग
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वायुमण्डल स्थिर अवस्थामा रहिरहने जनाएको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै विभागले सो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छः ‘मौसम विश्लेषणका आधारमा आगामी ३ दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकोले तुवाँलोको यस विषम मौसमको अवस्थामा तत्काल सुधार हुने देखिएको छैन, त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था के हुने हो, सो डढेलोको अवस्थामा निर्भर रहन्छ ।’
विभागले तुवाँलोका कारण स्वास्थ्यमा नकारात्मक असरहरू पर्ने भएकोले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन सबैमा आग्रह गरेको छ । देशका अधिकांश जिल्लाहरुका धेरै ठाउँहरुमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई पछिल्लो समयमा असामान्य तुवाँलो देखिएको समेत विभागले जनाएको छ ।
खासगरी राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा पहिले देखिनै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको र तुवाँलोको मात्रा पनि अत्याधिक भएकोले जनजीवन असामान्य भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण