भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु
आइतबार, २२ चैत २०७७, १४ : ४३
छत्तीसगढ । भारतको नक्सल प्रभावित राज्य छत्तीसगढमा नक्सलवादीसँग मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको आइतबार भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको हो । घटनास्थल आसपासका क्षेत्रबाट ती शव बरामद भएको बताइएको छ ।
भिडन्तमा कम्तीमा ३० सुरक्षाकर्मी घाइते भएको बताइएको छ । ‘एएनआई’ समाचार एजेन्सीका अनुसार बीजापुरका एसपी कामालोचन कश्यपले नक्सलवादीविरुद्धको कारवाहीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन् । समाचार एजेन्सीहरूका अनुसार शनिबार दिउँसो जोनागुडा गाउँ नजिकै लक्सलवादीका लडाकु कार्यकर्तासँग सुरक्षाकर्मीको भिडन्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण