विवेकशील साझाले भन्यो- सुसंस्कृत राजनीतिबाट सरकार बदलौं
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सुसंस्कृत राजनीतिबाट वर्तमान सरकारलाई विस्थापित गर्नुपर्ने बताएका छन् । विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय बखुन्डोलमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले भने,‘ सबैले सुसंस्कृत राजनीति गर्नुपर्छ । त्यहीअनुसार संसदबाट नयाँ सरकार बन्नुपर्छ ।’
सोही कार्यक्रममा विवेकशील साझाका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । ‘राजनीतिमा नैतिकता ठूलो हुन्छ । केपी ओलीजीले नैतिक रुपमा राजीनामा दिनुपर्छ । बाटो खोलिदिनुर्छ।’
यस्तै उनले संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा सबै तयार रहेको बताए । पाण्डेले भने, ‘हामी संविधानअनुसार हुने निर्वाचनका लागि तयार छौँ । तर संविधानभन्दा बाहिरबाट हुने चुनाव भने हामीलाई मान्य छैन ।’
यस्तै फरक प्रसंगमा अध्यक्ष मिश्रले विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको बताए । ‘हामीबाट अपेक्षा धेरै भयो । त्यो पूरा गर्न सक्ने अवस्थामा छैनौं । तर यो बीचमा विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भएको छौं । त्यसैले गाली पनि बढी खाइरहेका छौं ।’
उनले अगाडि भने, ‘ हामी पहिले वैकल्पिक पार्टी थियौँ । अब निर्विकल्प पार्टी बन्छौं । हामी सहर केन्द्रित पार्टी होइन । हामी गाउँ गाउँमा पनि पुगिरहेका छौं ।’ भ्रष्टता, असक्षमता र अनियमित ७० वर्षदेखिको समस्या भएको उनले बताए । जसकारण व्यवस्था बदलिए पनि नागरिकको जीवन नबदलिएको मिश्रको भनाइ छ ।
उनले भने, ‘बारम्बार व्यवस्था बदलिनु र नागरिकको जीवन नबदलिनु बिडम्बना हो । पुराना पार्टीका नेताहरुको त्यागको पक्ष अतुलनीय छ । तर इमानदारिता र सक्षमतामा पुरानोबाट समस्या देखियो ।’
उनले सार्वजनिक शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्नेमा जोड दिए । ‘आधारभूत मानव अधिकार भनेको लोकतन्त्र मात्र होइन शिक्षा र स्वास्थ्यको निशुल्क पाउनु पनि हो’ उनले भने । यस्तै उनले पेशाकर्मीले पार्टीको छाता ओड्न नहुनेमा पनि जोड दिए । ‘पेशाकर्मीले पार्टीको छाता ओड्नुहुँदैन भनेका छौं । सबै ठाउँमा काम गराउन जाँदा राजनीति कनेक्सन गर्नुपर्ने अवस्था छ । त्यसले विकृति जन्माउन काम गर्छ’ मिश्रको भने, ‘त्यहाँ कुनै हालमा राजनीति हुनुहुँदैन । यो तोड्न चाहन्छौं।’
यस्तै संयोजक पाण्डेले २५ प्रतिशत युवाले आगामी निर्वाचनमा आफूहरू भोट गर्ने दाबी गरे । ‘विदेशमा भएका ७० लाख युवाले क्रान्ति गर्दैछन् । प्रविधिको प्रयोगले भ्रम र झुट कुराबाट जानकार रहेकाले विवेकशील साझाले बलियो रुपमा उभिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण